बेलायती प्रधानमन्त्री बोरिस जोनसनको अवस्था नाजुक बन्दै, सघन उपचार कक्षमा सारियो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको अवस्था नाजुक बन्दै, सघन उपचार कक्षमा सारियो 

belayat pm

एजेन्सी, २५ चैत । कोरोना भाइरस संक्रमण भएको १० दिनपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको छ । आइतबार लण्डन अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालयलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएअनुसार कोरोना भाइरस संक्रमणका लक्षणहरू यथावत रहेकाले चिकित्सकको सल्लाहमा उनलाई सघन उपचार कक्षमा सारी उपचार जारी राखिएको छ । ५५ वर्षीय जोनसन भाइरस संक्रमण भएको १० दिनसम्म निवासमै रहेर सरकारको कार्यभार सम्मालिरहेका थिए । १० दिनसम्म पनि स्वास्थ्यमा सुधार नभएपछि आइतबार साँझ उनलाई लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);