कोरोना भाइरस : ७४ हजार भन्दाबढीको मृत्यु, अमेरिकामा मात्रै ३ लाख ६७ हजार ४ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कोरोना भाइरस : ७४ हजार भन्दाबढीको मृत्यु, अमेरिकामा मात्रै ३ लाख ६७ हजार ४ जना संक्रमित

coronavirus recovered

एजेन्सी, २५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका संक्रमित मध्ये २ लाख ७८ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्केका छन् । विश्वभर कोरोना संक्रमित १३ लाख ४५ हजार मध्ये २ लाख ७८ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्केका हुन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार ६ सय ४७ पुगेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय भन्दाबढी पुगेको छ । त्यहाँ ३ लाख ६७ हजार ४ जना संक्रमित भएका छन् । अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यस्तै इटालीमा मृत्यु हुनेको संख्या १६ हजार ५ सय २३ पुगेको छ भने संक्रमितको संख्या एक लाख ३२ हजार ५ सय ४७ छ ।

त्यस्तै स्पेनमा कोरोना संक्रमणबाट १३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ३६ हजार नाघेको छ । फ्रान्समा ८ हजार ९ सय ११ र इरानमा ३ हजार ७ सय ३९, जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी बेल्जियममा १ हजार ६ सय ३२ र नेदरल्याण्ड्समा १ हजार ८ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);