कोरोना भाइरस: मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो, १२ लाख भन्दा बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोरोना भाइरस: मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो, १२ लाख भन्दा बढी संक्रमित

corona

एजेन्सी, २४ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय २४ पुगेको छ । संक्रमितको संख्या पनि १२ लाखभन्दा बढी पुगेको छ ।

विश्वका लगभग सबै देशमा फैलिएको कोरोना भाइरसबाट १२ लाख २७ हजार भन्दाबढी संक्रमित भएका छन्। संक्रमितमध्ये २ लाख ६२ हजारभन्दा बढी निको भएका छन्। अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ ३ लाख ३६ हजार ६ सय ७३ जना संक्रमित भएका छन्। अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ।

त्यस्तै इटालीमा मृत्यु हुनेको संख्या १५ हजार ८ सय ८७ पुगेको छ भने संक्रमितको संख्या एक लाख ३१ हजार ९ सय ४८ पुगेको छ । त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६ सय ४१ पुगेको छ भने संक्रमितको संख्या एक लाख ३१ हजार नाघेको छ । फ्रान्समा ८ हजार ८७, बेलायतमा ३ हजार ६ सय ५, इरानमा ३ हजार ६ सय ९, जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी बेल्जिएममा १ हजार ४ सय ४७ र नेदरल्णण्डमा १७ सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);