कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई अस्पताल भर्ना

belayat pm

एजेन्सी, २४ चैत । कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पताल भर्ना गरिएको छ । पहिलो पटकको परिक्षण गराउदा प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना पोजेटिभ देखिएको र १० दिनपछि पुनः परीक्षणका लागि अस्पतालमा भर्ना गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेनमै बसेर प्रधानमन्त्रीको निवासबाटै काम गरिरहेको भएपनि पुनः परिक्षणका लागि जोनसनको अस्पताल बसाइलाई रुटिन टेष्टको रुपमा लिइएको बताइएको छ । जोन्सनलाई गत मार्च २७ तारिखमा कोरोना संक्रमण देखिएको थियो । बेलायतमा अहिलेसम्म कोरोना भाइरस संक्रिमतको संख्या ४७ हजार ८ सय ६ पुगिसकेको छ भने ४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);