बेलायतमा लकडाउनको अवधि तीन हप्ता थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बेलायतमा लकडाउनको अवधि तीन हप्ता थप

uk lockdown

एजेन्सी, ५ वैशाख । बेलायतमा लकडाउनको समय तीन हप्ता थप गरिएको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस थप फैलिन नदिन कम्तीमा तीन हप्ता लकडाउन थप्ने घोषणा गरेका हुन् ।

कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्यामा कमी आए, संक्रमितकोे संख्या घटे र कोरोनाको संक्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने पनि विदेशमन्त्री राबको भनाइ छ । प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको संक्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् ।

प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् । बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै एक लाख तीन हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);