विश्वभर कोरोना संक्रमितको संख्या २१ लाखभन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वभर कोरोना संक्रमितको संख्या २१ लाखभन्दा बढी

coronavirus test

एजेन्सी, ५ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमितको संख्या २१ लाखभन्दा बढी पुगेको छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म बिश्वमा कोरोना संक्रमितको संख्या २१ लाख ८२ हजार नाघेको छ ।

कोरोना संक्रमणबाट विश्वमा एक लाख ४५ हजार ५ सय २१ जनाको ज्यान गएको छ भने ५ लाख ४७ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी ६ लाख ७७ हजार बढी संक्रमित भएको अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी स्पेनमा १९ हजार ३ सय १५, इटालीमा २२ हजार १ सय ७०, फ्रान्समा १७ हजार ९ सय २० बेलायतमा १३ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगेको छ ।

छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ४ सय ४८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १३ हजार ४ सय नाघेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);