कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो, २६ लाख ३७ हजार बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो, २६ लाख ३७ हजार बढी संक्रमित

corona

एजेन्सी, ११ वैशाख । विश्वभर कोरोना संक्रमितको संख्या २६ लाख ३७ हजार भन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वमा एक लाख ८४ हजार जनाको ज्यान गएको छ भने ७ लाख १७ हजार बढी जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी ८ लाख ४८ हजार बढी संक्रमित भएको अमेरिकामा ४७ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ । यसैगरी स्पेनमा २१ हजार ७ सय १७, इटालीमा २५ हजार ८५, फ्रान्समा २१ हजार ३ सय ४०, बेलायतमा १८ हजार १ सय जनाको मृत्यु भएको छ ।

यसैगरी बेल्जीयममा ६ हजार २ सय ६२ , इरानमा ५ हजार ३ सय ९१, चीनमा ४ हजार ६ सय ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ संक्रमित भएपनि मृत्युहुनेको संख्या ५ हजार ३ सय १५ रहेको छ ।

छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ६ सय ८१ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २१ हजार ३ सय ७० नाघेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);