चीनले नियतवश कोरोना फैलाएको भन्दै मिसौरी राज्यद्वारा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीनले नियतवश कोरोना फैलाएको भन्दै मिसौरी राज्यद्वारा मुद्दा दायर

missouri sues china

एजेन्सी, १० वैशाख । चीनले नियतवश कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ । मिसौरीका महान्यायाधिवक्ता एरिक स्मिटले अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

अमेरिका र चीन बीच कोरोना महामारीको जिम्मेवारीको विषयमा विवाद जारी रहेकै समयमा अमेरिकी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको हो।सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले महामारी नियन्त्रणको लागि निकै राम्रो काम गरिरहेको बताउँनुभएको थियो । तर, अमेरिकामा यो महामारी फैलिँदै गएसँगै ट्रम्पले यसका लागि चीन जिम्मेवार रहेको संकेत गर्दै आउनुभएको छ ।

यसैबीचमा मिसौरीले चीनमाथि मुद्दा दायर गरेको हो । मिसौरीले दायर गरेको मुद्दामा कोरोना भाइरस नियन्त्रणको लागि चीनले आवश्यक कदम नचालेको र यसको कारण मिसौरीका बासिन्दाहरू अर्बौँ डलरको क्षति सहन बाध्य भएको उल्लेख छ ।

चीन सरकारले यो भाइरसको जोखिम तथा यसको प्रकृतिबारे समयमा नै जानकारी नदिएको पनि मुद्दामा उल्लेख गरिएको छ । मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरूलाई विपक्षी बनाइएको छ ।

बिश्वमा अहीलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ५ सय नाघेको छ । त्यसैगरी संक्रमितको संख्या २५ लाख ७३ हजार भन्दा बढी छ । यसै गरी निको भएर घर फर्किनेको संख्या ७ लाख १ हजार भन्दा बढी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);