राजस्व अनुसन्धान विभागद्वारा क्रिप्टोकरेन्सी कारोबार अभियोगमा २ जनाविरुद्ध मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

राजस्व अनुसन्धान विभागद्वारा क्रिप्टोकरेन्सी कारोबार अभियोगमा २ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं,१२ माघ । राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा अर्थात् क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागका अनुसार पाँच महिना लामो अनुसन्धानपछि झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको हो ।

राजस्वले क्रिप्टोकरेन्सी कारोबारमा मुद्दा दायर गरेको यो पहिलो घटना हो । क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रूपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो । त्यसैले नेपालमा यसको कारोबारमा विदेशी विनिमयअन्तर्गत मुद्दा चल्ने गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ अनुसार बिगो बमोजिमको जरिवाना ४१ करोड ९४ लाख रुपैयाँ र जेल सजाय मागदाबीसहित अभियोग दायर गरेको विभागले जनाएको छ । अभौतिक मुद्राको कारोबारबाट विदेशी विनिमयको अपचलन हुने गरेको विभागको दाबी छ । राष्ट्र बैंकले यो कारोबारलाई २०७४ सालमै अवैध मान्दै आएको छ । त्यसैले क्रिप्टोकरेन्सीको कारोबारलाई आर्थिक अपराध मानिँदै आएको छ ।

विभागका अनुसार शुभमकुमारले कारोबारको रकम राख्न र झिक्न रोहनको बैंक खाता प्रयोग गरेको खुलेको छ । नयाँ प्रकृतिको कारोबार भएकाले अनुसन्धानमा लामो समय लागेको बताइएको छ । अभियुक्तहरुले आफ्नो डिजिलट डिभाइसको तथ्यांक छोटो समयमा मेटाउन सक्ने भएकाले अन्य विषयभन्दा यो कारोबार अनुन्धानका लागि चुनौती देखिएको विभागको भनाइ रहेको छ ।

अनुसन्धान विभाग, सरकारी वकिलले पटक–पटक छलफल गरेर यसको मुद्दा तयार गरेका हुन् । अवैध कारोबार भएको पुष्टि गराउन डिजिटल सिस्टममा रहेका थुप्रै तथ्यांक डाउनलोड गरेर मुद्दाको आधार तयार गरिएको हो । नयाँ विषय भएकाले यसका लागि विशेषज्ञ सेवासमेत लिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);