१३ करोड राजस्व छली : चिनियाँसहित स्वदेशी निर्माण कम्पनीविरुद्ध मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१३ करोड राजस्व छली : चिनियाँसहित स्वदेशी निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

thagi paisa

काठमाडौं, २१ कात्तिक । राजस्व अनुसन्धान विभागले झुटो तथा नक्कली बिजक प्रयोग गरी करौडौं राजस्व छली गरेको अभियोगमा नेपाल दोंगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मंगलबार १३ करोड १३ लाख ११ हजार ६७७ रुपैयाँ बिगो दाबी माग्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार राजस्व चुहावट अभियोगमा सो निर्माण कम्पनीमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ को दफा २३ को उपदफा (१) र (३) बमोजिम बिगो मागी मुद्दा दायर गरिएको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले वस्तु तथा सेवा खरिद नै नगरी सो कम्पनीले नक्कली मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको जानकारी दिए ।

विभागको अनुसन्धानअनुसार सो कम्पनीले मूल्य अभिवृद्धि करतर्फ ४ करोड २१ लाख ८ हजार ८ सय २ रुपैयाँ, आयकरतर्फ ७ करोड ७७ लाख ७१ हजार ७ सय ९३ रुपैयाँ र लाभांश १ करोड १४ लाख ३१ हजार ८२ रुपैयाँ गरी कुल १३ करोड १३ लाख ११ हजार ६७७ रुपैयाँ राजस्व छलेको प्रमाणित भएको छ ।  यो कसुर गर्नेमा नेपाली र चिनियाँ नागरिक सञ्चालक छन् ।

नेपाल दोंगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी प्रालि (स्थायी लेखा नम्बर ६०३४९३२७२)ले वस्तु तथा सेवा खरिद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धिकर र आयकरसमेतको राजस्व चुहावट कसुरमा संलग्नता रहेको देखिएको भन्दै विभागले सोही कम्पनीका सञ्चालक चिनियाँ नागरिक याङ लिन, से स्याङजुन, वे देगुइ र स्वदेशी व्यवसायी सुविन श्रेष्ठलाई प्रतिवादी बनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);