राजस्व छलीको आरोपमा अमेरिकी लगानीको कोटीभिटी प्रालिविरुद्ध मुद्दा,करिब साढे १० अर्ब रुपैयाँ बराबरको मागदाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

राजस्व छलीको आरोपमा अमेरिकी लगानीको कोटीभिटी प्रालिविरुद्ध मुद्दा,करिब साढे १० अर्ब रुपैयाँ बराबरको मागदाबी

काठमाडौं,१९ चैत्र । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको छ । कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागले यस कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिबानाको दाबी गर्दै आइतबार मुद्दा दायर गरेको हो ।

एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय मागदाबी गरी अभियोग दायर गरिएको यो पहिलोपटक हो । कम्पनीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो । अमेरिकी लगानी रहेको यो कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क रहेको विभागले जनाएको छ । आफूमा निहीत रहेको शेयर स्वामित्व परिवर्तन र सो बाट कम्पनीको नियन्त्रण परिवर्तन भएको विषय सम्बन्धित निकायमा जानकारी नदिई सो बमोजिम सिर्जना हुने कर दायित्व पूरा नगरेको विभागको दाबी छ ।

यसका साथै, नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेमा त्यो नतिरी छली गरिएको पनि विभागको आरोप छ । सोहीकारण साजयसहित बिगो र जरिवानासहित साढे १० अर्ब रुपैयाँ बराबरको भएको विभागको भनाइ छ ।

Leave a Reply