अमेरिकाको मोन्टाना राज्यविरुद्ध टिकटकको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकाको मोन्टाना राज्यविरुद्ध टिकटकको मुद्दा

एजेन्सी । अमेरिकाको मोन्टाना राज्यले लगाएको प्रतिबन्धविरुद्ध टिकटकले मुद्दा दायर गरेको छ ।

गत हप्ता मोन्टाना राज्यले चिनियाँ स्वामित्वको भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि पूर्ण प्रतिबन्ध घोषणा गरेको थियो । त्यसविरुद्ध टिकटकले मुद्दा दायर गरेको हो । टिकटकले यो प्रतिबन्ध अमेरिकाको स्वतन्त्र अभिव्यक्ति अधिकारसँग बाझिएको तर्क गरेको छ । मोन्टानाको जिल्ला अदालतमा दायर गरिएको मुद्दाले गैरकानुनी प्रतिबन्धलाई उल्टाउन खोजेको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै व्यवसाय र मोन्टानाका लाखौँ टिकटक प्रयोगकर्ताहरूको रक्षा गर्न मोन्टानाको असंवैधानिक प्रतिबन्ध गर्ने निर्णयलाई चुनौती दिएको उल्लेख छ । गत हप्ता घोषणा गरेको पूर्ण प्रतिबन्ध सन् २०२४ को जनवरीदेखि कार्यान्वयनमा आउनेछ र टिकटक डाउनलोडका लागि उपलब्ध हुनेछैन ।

१० लाखभन्दा बढी जनसंख्या भएको मोन्टानाले गत डिसेम्बरमा सरकारी उपकरणहरूमा एपमाथि प्रतिबन्ध लगाएको थियो । टिकटकले यसका प्रयोगकर्ताहरुको तथ्यांक चिनियाँ सरकारलाई हस्तान्तरण गर्नसक्छ भन्ने विषयलाई लिएर विश्वभर तथा विशेषतः पश्चिमा मुलुकहरुले यसविरुद्ध कडा कदम चालिरहेका छन् । तर, टिकटकले यो विषयलाई अस्वीकार गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);