प्रतिबन्ध लगाउने अमेरिकी सरकारविरुद्ध टिकटक र चिनियाँ मूल कम्पनी बाइटडान्स अदालतमा,१७ करोड अमेरिकीको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रतिबन्ध लगाउने अमेरिकी सरकारविरुद्ध टिकटक र चिनियाँ मूल कम्पनी बाइटडान्स अदालतमा,१७ करोड अमेरिकीको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी

भिडियो शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको संघीय अदालतमा मुद्दा दायर गरेको हो ।

टिकटकले अमेरिकामा १७ करोड जना प्रयोगकर्ता रहेको र उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी गर्दै प्रतिबन्ध लगाउने निर्णय बदर गर्न माग गरेको अन्तराष्ट्रिय संचार माध्यमहरले जनाएका छन् ।

यस्तै टिकटकमाथि प्रतिबन्ध लगाउँदा संविधानको समेत उल्लङ्घन हुने उल्लेख छ । कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी नगर्ने दाबी दोहो¥याउँदै टिकटकले चिनियाँ एप भएकै कारण प्रतिबन्ध लगाउनु गलत रहेको बताएको छ ।

टिकटकले अमेरिकी प्रयोगकर्ताको विवरणमा सुरक्षाका उपायहरू लागू गर्न दुई अर्ब डलर खर्च गरेको र त्यहाँको विदेशी लगानीबारे ९० पृष्ठको राष्ट्रिय सुरक्षा सम्झौताको मस्यौदामा प्रतिबद्धता जनाएको पनि भनेको छ । गएको अप्रिल २० तारिखमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेको छ ।

कानुनअनुसार अमेरिकी प्रतिबन्धबाट बच्न बाइटडान्सले टिकटकको शेयर अमेरिकी कम्पनीलाई बेच्नुपर्नेछ ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);