बेलायतमा टिकटकमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतमा टिकटकमा प्रतिबन्ध

एजेन्सी । चीनको सामाजिक सञ्जाल एप टिकटकलाई बेलायत सरकारले प्रतिबन्ध लगाएको छ । बिहीबार दिउँसो बेलायत सरकारले विज्ञप्ती जारी गर्दै कुनै पनि मन्त्री वा अधिकारीले आफ्नो फोनमा टिकटक प्रयोग गर्न नपाउने जानकारी दिएको हो । बेलायतले टिकटकलाई देशको सुरक्षाका लागि ठूलो खतरा भएको ठहर गरेको छ ।

टिकटकका लागि अमेरिकाबाट पनि डरलाग्दो समाचार आइरहेका छन् । अमेरिकी सरकारले टिकटकको चीनमा रहेको मूल कम्पनीले यसको ठूलो हिस्सा अमेरिकी कम्पनीलाई बिक्री नगरे पूरै अमेरिकामा प्रतिबन्ध लगाउने स्पष्ट पारेको छ । यो एप भारतमा पहिले नै प्रतिबन्धित छ।

बेलायतको ऋषि सुनक सरकारले बिहीबार अचानक टिकटकमाथि प्रतिबन्ध लगाएको हो । हाल, यसको दायरा सीमित छ। अब सबै मन्त्री र सबै सरकारी कर्मचारीले आफ्नो फोनमा टिकटक प्रयोग नगर्न अनिवार्य हुने भएको छ । क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले भने,‘अब कुनै पनि मन्त्री वा अधिकारीले यो चिनियाँ एप प्रयोग गर्न सक्ने छैनन्। यो आदेश तत्काल मान्नुपर्छ । सबैले आफ्नो फोनबाट यो एप मेटाउनुपर्छ। राष्ट्रिय साइबर सेक्युरिटी सेन्टरको प्रतिवेदन अध्ययन गरेर हामीले यो निर्णय गरेका हौँ । यो एपका कारण हाम्रो राष्ट्रिय सुरक्षामा खतरा हुने सम्भावना छ ।’

अमेरिकाले टिकटकमाथि पनि प्रतिबन्ध लगाउने भएको छ । जो बाइडेन प्रशासनले टिकटकलाई प्रतिबन्ध लगाउने पूर्ण तयारी गरेको छ । यसका लागि कानुनी आधार तयार भइरहेको छ । द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार अमेरिकी सरकारले टिकटकको मूल कम्पनीलाई पत्र लेखेको छ ।

‘चीनमा रहेको कम्पनीको निश्चित र ठूलो सेयर अमेरिकी कम्पनीलाई बेचिनुपर्छ । यदि त्यसो भएन भने अमेरिकाले यस एपमा पूर्ण प्रतिबन्ध लगाउनेछ ।’– अमेरिकाले पत्रमा भनेको छ ।
चीनले अमेरिकाको यो कदमलाई दबाब दिने षड्यन्त्र भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);