जापानमा बाइडेन र मोदीबीच भेट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जापानमा बाइडेन र मोदीबीच भेट

एजेन्सी, ७ जेठ । जापानको हिरोसिमामा भएको जी ७ को बैठकमा भाग लिएर प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यू गिनी प्रस्थान गरेका छन् । पोर्ट मोरेस्बी आइपुगेपछि प्रधानमन्त्री मोदीलाई पपुवा न्यू गिनीका प्रधानमन्त्रीले स्वागत गर्ने छन्।

प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग जापानमा वार्ता गरेका छन् । यस क्रममा बाइडेनले प्रधानमन्त्री मोदीको अटोग्राफ लिनुपर्ने बताएका भाष्कर डटकमले जनाएको छ ।

वास्तवमा भेटका क्रममा बाइडेन मोदीकहाँ आएर भने–अमेरिकामा धेरै ठूला मान्छेहरु भन्छन् मोदीको कार्यक्रममा जानुहोस् । यस क्रममा अल्बानीजले आफूलाई पनि त्यस्ता अनुरोधहरू आइरहेको बताए तर सिड्नीको सामुदायिक रिसेप्शनको क्षमता २० हजार मात्रै रहेको बताए । बिडेन र अल्बानीजले मोदीलाई भीड व्यवस्थापन गर्न चुनौती रहेको बताए। यस क्रममा अल्बानीजले भारत भ्रमणमा रहेको बेला अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आफू र मोदीलाई कसरी ९० हजार मानिसले स्वागत गरेको बताए । यसमा बाइडेनले भने– मैले तिम्रो अटोग्राफ लिनुपर्छ ।

बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले भने,“युक्रेन समस्याको एक मात्र समाधान वार्ता हो। हामीले यो सुरुदेखि नै भन्दै आएका छौं। हामी सबैको उद्देश्य विश्वव्यापी शान्ति र स्थिरता हो। भारतले सधैं विश्वास गरेको छ कि कुनै पनि तनाव र विवाद शान्तिपूर्ण र संवादबाटै समाधान गर्न सकिन्छ ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);