तमिल अभिनेताले खरिद गरे गुगलका सीईओको पैतृक घर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तमिल अभिनेताले खरिद गरे गुगलका सीईओको पैतृक घर

चेन्नई, ७ जेठ । रियल इस्टेट व्यवसायमा लागेका तमिल अभिनेता सी. मणिकन्दनले गुगलका सीईओ सुन्दर पिचाईको चेन्नईमा पुर्खाको घर किनेका छन्। मणिकन्दनले मिडियाकर्मीलाई भने कि सुन्दर पिचाईको जन्म भएको घर किनेकोमा आफूलाई गर्व छ।

“सुन्दर पिचाईले भारतलाई गौरवान्वित बनाएको हुनाले, उहाँ जन्मेको घर किन्न पाउनु रोमाञ्चक छ,“ मणिकन्दनले भने। उनले आफ्नो ब्रान्ड चेल्लाप्पास बिल्डर्स अन्तर्गत सहरका विभिन्न भागमा करिब ३०० घरहरू निर्माण गरी दिएका छन्।
मणिकन्दनका अनुसार सुन्दर पिचाईका पिता आर.एस. पिचाईले आफ्नै खर्चमा पुरानो संरचना भत्काएर जग्गा हस्तान्तरण गरेका हुन् । अभिनेताले खुलासा गरे कि यो आर.एस. पिचाईको पहिलो सम्पत्ति, त्यसैले कागजपत्र हस्तान्तरण गर्दा उनी भावुक भए ।

जब मणिकन्दनले सम्पत्ति बिक्रीको लागि सुने, उसले तुरुन्तै यसलाई किन्ने निर्णय गरे, तर, उनले आर.एस. पिचाईको अमेरिकाबाट फर्कने प्रतिक्षा गर्नुप¥यो। गुगलका सीईओका अभिभावकको नम्रता देखेर मणिकन्दन प्रभावित भए । उनले सुन्दरकी आमाले फिल्टर कफी आफैं बनाएको र पहिलो भेटमै उनका बुबाले कागजपत्र दिन प्रस्ताव गरेको खुलासा गरेका छन् ।

अभिनेताका अनुसार सुन्दर पिचाईका बुबाले आफ्नो छोराको नाम सम्पत्तिको स्वामित्वको हस्तान्तरण र दर्तालाई छिटो गर्न प्रयोग नगर्न जोड दिएका थिए । मणिकन्दनले आर.एस. पिचाईले दर्ता कार्यालयमा घण्टौं कुर्दै कागजातहरू हस्तान्तरण गर्नु अघि आवश्यक सबै करहरू तिरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);