मोदीको नेपाल भ्रमण ऐतिहासिक र सम्झन लायक : मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोदीको नेपाल भ्रमण ऐतिहासिक र सम्झन लायक : मन्त्री ज्ञवाली

काठमाडौं, २९ वैशाख । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्तै सफल रहेको बताएको छ । दुईदिने राजकिय भ्रमण सकेर शनिबार भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए लगत्तै अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।

भ्रमण धेरै दृष्टिले अत्यन्तै सफल, ऐतिहासिक र सम्झन लायक रहेको मन्त्री ज्ञवालीले बताए । यो भ्रमणले सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ हुने विश्वास सरकारले लिएको उनले बताए ।

भ्रमणका क्रममा विगतमा भएका समझदारीहरुको कार्यान्वयन गर्ने सन्दर्भमा नयाँ समझदारी कायम भएको पनि उनले खुलासा गरे । यो भ्रमणले विगतमा भएका दुईपक्षीय समझदारीहरुको कार्यान्वयनका लागि समय सिमा पनि निर्धारण गरेको छ ।

आउने सेप्टेम्बरसम्म नेपालले उठाएका सरोकारका विषय प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गरि नयाँ समझादारी भएको उनले जानकारी दिए । मुख्य गरि रेलवे, जलमार्ग र कृषिमा सहयोग साझेदारी हुने विषय समय सिमा तोकेरै समझदारी गरिएको मन्त्री ज्ञवालीले बताए ।

शुक्रबार नेपालको दुईदिने राजकिय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री ज्ञवालीले विमानस्थल पुगे विदाई गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);