'ओलीको राष्ट्रवादी मुखुन्डो च्यातियो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

‘ओलीको राष्ट्रवादी मुखुन्डो च्यातियो’

sajha pati

काठमाडौं, २९ वैशाख । विवेकशील–साझा पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रवादी नभएको टिप्पणी गरेको छ । विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी प्रेस वक्तव्यमा वामपन्थी नेतृत्वको सरकारको राष्ट्रवादी मुखुन्डो च्यातिएको टिप्पणी गरिएको छ ।

आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय नाकाबन्दी उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको विवेकशील साझाको ठहर छ ।

यस्ता गतिविधीले सरकार अलोकतान्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको संशय पैदा गरेको विवेकशील पार्टीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);