रामचन्द्रजी दिनरात रोएर बस्नुपरेको छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रामचन्द्रजी दिनरात रोएर बस्नुपरेको छ : कमल थापा

kamal thapa

सबै राजनीतिक दलमा असमझदारी कायम –

क्षेत्रनाथ देबकोटा

बाँके, १६ भदौं  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीमा आन्तरिक विवाद स्वभाविक भएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसमा रामचन्द्र पौडेलजी रातदिन रोएर बस्नुपरेको छ । एमाले र माओवादीमा पनि त्यस्तै छ ।

 

नेपालगन्जमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने, ‘कुनै नेतासँग असमझदारी हुँदैमा अर्को पार्टी गठन गर्दै जाने प्रवृत्ती गलत हो ।’

उनले आगामी निर्वाचनमा आत्मसमर्पणवादी चिन्तन बोकेका दल र राष्ट्रवादी शक्तिबीच प्रतिष्पर्धा हुने बताए । अध्यक्ष थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउँदै आत्मसमर्पणवादी दलहरुको गठबन्धन बनाउन खोजिएको टिप्पणी गरे ।

 

निर्वाचनमा राष्ट्रवादी शक्तिहरु एक्लाएक्लै प्रतिष्पर्धा गर्दा कमजोर हुने भएकाले राजनीतिक ध्रुवीकरणमा राष्ट्रवादी शक्तिबीच सहकार्य हुन आवश्यक रहेको उनले बताए ।

 

अध्यक्ष थापाले राप्रपाको मुल नेतृत्व पार्टी एकीकरणपछि आत्मसमर्पणवादी कित्तामा जान नमानेपछि पार्टी फुटाइएको टिप्पणी गरे । राप्रपा विभाजन हुनुमा आन्तरिक कारण भन्दा पनि बाह्य कारण भएको उनले आरोप लगाए । राप्रपा फुटाउन सरकार नै क्रियाशिल रहेकाले संविधान संशोधनमा आफ्नो पार्टीले समर्थन गर्न नसकेको उनको भनाई छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);