काठमाडौं जिल्ला अदालतमा मुद्दा फैसलामा ढिलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडौं जिल्ला अदालतमा मुद्दा फैसलामा ढिलाई

काठमाडौं, १६ भदौ । काठमाडौ जिल्ला अदालतले जनशक्तिको अभावमा मुद्दा फैसलाको काम अपेक्षा गरे अनुसार अघि बढन नसकेको जनाएको छ ।

 

जिल्ला अदालतका न्यायाधिश पुरुषोत्तमप्रसाद ढकालले जनशक्तिको व्यवस्थापनमा ढिलाई हुँदा मुद्दा फैसलाको काम पनि प्रभावित भएको स्पष्ट पारे । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी न्यायाधिश ढकालले न्यायाधिशहरुको व्यवस्थापनको काम तत्काल नहुँदा मुद्दा फैसलामा ढिलाई हुनुलाई अन्यथा लिन नहुने बताए ।

 

गत वर्ष काठमाडौं जिल्ला अदालतका १० जना न्यायाधिश बढुवा भएपनि सो ठाउँमा तत्काल न्यायाधिशको व्यवस्थापनको काम हुन सकेको थिएन । न्यायाधिश ढकालले न्यायाधिशको कमी हुँदा पनि लक्ष्य अनुसार नै मुद्दा फैसलाको काम भएको जानकारी दिए ।

 

अदालतले आर्थिक वर्ष २०७३-०७४ मा ११ हजार ३ सय २६ वटा मुद्दा फैसला गरेको छ । न्यायाधिश ढकालले कूल मुद्दा १८ हजार ७ सय ४ वटा रहेकोमा ६० दशमलव ५५ प्रतिशत मुद्दा फैसला भएको बताए । उनले जनशक्तिको अभावमा करिव ६१ प्रतिशत मुद्दा फैसला हुनुलाई आफूहरुले सफलताको रुपमा लिएको बताए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);