प्रतिनिधिसभा विघटनको मुद्दा बहस नोट अध्ययनका लागि ‘हेर्दाहेर्दै’को पेशीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनिधिसभा विघटनको मुद्दा बहस नोट अध्ययनका लागि ‘हेर्दाहेर्दै’को पेशीमा

काठमाडौं, ११ फागुन । प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ । फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्नसक्ने भन्दै प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराले आज हेर्दाहेर्दैको पेसी तोकेका हुन् ।

यो मुद्दामा सकेसम्म छिटो फैसला सुनाउने संवैधानिक इजलासको तयारी छ । ५ न्यायाधिश रहेको संवैधानिक इजलासले सकेसम्म सर्वसम्मत राय बनाउने प्रयास गरिरहेको छ । त्यसो हुन नसके मत विभाजन हुनेछ ।

तीन वा सो भन्दा बढी न्यायाधिशको मत जतातिर जान्छ, सोही अनुसार फैसला आउनेछ । प्रतिनिधिसभा विद्दटन विरुद्ध दायर भएको रिटमा पक्ष विपक्षका कानुन व्यावसायी एवं एमिकस क्यूरीका विज्ञहरुको बहस नोट बुझेपछि सर्वोच्च अदालतले यो मुद्दालाई हेर्दाहेर्दैको पेसी तोकेको हो ।

एक कानुन ब्येबसयीका अनुसार बहस नोट अध्ययनका लागि हेर्दाहेर्दैको पेशी चढाईएको हो । मुद्दालाई प्राथमिकता दिएर इजलासले यस विषयमा निरन्तर छलफल गर्ने र फैसला गर्ने उनको भनाई छ ।

एक कानुन व्यवसायीका अनुसार बहस नोट अध्ययनका लागि हेर्दाहेर्दैको पेशी चढाईएको हो । मुद्दालाई प्राथमिकता दिएर इजलासले यस विषयमा निरन्तर छलफल गर्ने र फैसला गर्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);