प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आज

काठमाडौं‍ । दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आजका लागि तोकिएको छ ।

गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आजका लागि तोकिएको हो । आजै विघटन विवादमा आदेश सुनाउने तयारीमा न्यायाधीशहरु जुटेको बताइएको छ ।

विघटन मुद्दाका मुद्धा असार ९ गतेदेखि निरन्तर ३२ घण्टाभन्दा बढी समय संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।

सम्भवतः आजै फैसला आउन सक्नेछ वा नभ्याए सर्वोच्चले अर्को दिन पेसी तोकेर फैसला गर्ने सक्नेछ । एमालेको आन्तरिक विवादसँग प्रत्यक्ष जोडिएको यो मुद्दामा न्यायाधीशहरूले फैसला लेखिरहँदा पार्टीका नेताहरु भने विवाद मिलेको सन्देश दिन दिएका छन् ।

धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसला सर्वोच्चबाट आएको खण्डमा शेरबहादुर देउवाको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ भने यदि ह्वीप लाग्ने ठहर भयो भने एमाले संसदीय दलको निर्णयले नै भावी राजनीतिक कोर्ष तय गर्नेछ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा दोस्रो पटक जेठ ७ गते प्रतिनिधिसभा विघटन भएको थियो । त्यसविरुद्ध १४६ जना सांसदले संसद विघटन असंवैधानिक रहेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);