चार पूर्व प्रधानन्यायाधीशको अवहेलना मुद्धा मनोज शर्माको ईजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चार पूर्व प्रधानन्यायाधीशको अवहेलना मुद्धा मनोज शर्माको ईजलासमा

SUPREME_COURT

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको ईजलासमा परेको छ । उहाँहरुको पेशी बिहीबारका लागि तोकिएको छ।

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता भएको हो । यी चार प्रधानन्यायाधीशहरुले गत पुस २४ गते ओलीले ‘ असंवैधानिक’ तरिकाले प्रतिनिधिसभा विघटन गरेको निष्कर्ष निकाल्दै विज्ञप्ति निकालका थिए।

विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतको अवहेलना गरेको दाबीसहित अधिवक्ताहरु धनजित बस्नेत राजाराम घिमिरे र लोचन भट्टराई लगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता गरेका थिए।

मंगलबार प्रधानमन्त्री ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा मुद्दा दर्ता भएको थियो । ती सबैको पेशी बिहीबारका लागि तोकिएको सर्बोच्च अदालतले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);