पूर्वसभामुख ढुंगानाविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्वसभामुख ढुंगानाविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौं, १३ माघ । पूर्वसभामुख दमननाथ ढुंगाना विरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलना सम्बन्धी मुद्दा दर्ता भएको छ । मंगलबार पूर्वसभामुख ढुंगाना विरुद्ध अधिवक्ता राजाराम घिमिरेले अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता गर्नुभएको हो ।

पूर्वसभामुख ढुंगानाले स्वतन्त्र न्यायपालिकाको गरिमा र शक्ति पृथकीकरणको सिद्धान्तको मर्म र भावना विपरीत हुने गरी अदालतलाई प्रभावित पार्ने नियतले गत पुस २७ गते अभिव्यक्ति दिएको भन्दै अधिवक्ता घिमिरेले मुद्दा दर्ता गराउनु भएको हो ।

ढुंगानाको उक्त अभिव्यक्ति संविधानको धारा १२८ को उपधारा २ मा संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ भन्ने व्यवस्थाविरुद्ध रहेको, सोही धाराको उपधारा ४ मा मुद्दा मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्ने भनिएकोमा अभिव्यक्ति शोभनीय नभएको र विचाराधीन मुद्दामा दबाब सिर्जना गर्न खोजिएको जिकिर गरिएको छ । पूर्वसभामुख ढुंगानाले गत पुस २७ मा आयोजना गरिएको विरोध कार्यक्रमा बोल्दै सडकबाट न्यायाधीश तान्ने दिन नआओव भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

त्यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता गरिएको थियो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले कार्की बैक्वेटमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै एक जना बाजे वकिलाई लगेर सर्वोच्च अदालतमा तमाशा देखाए छन् भन्दै अभिव्यक्ति दिनुभएको थियो । अहिले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि निरन्तर सुनुवाई जारी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);