नेकपाका अध्यक्ष दाहालविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको मुद्दाको आज सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपाका अध्यक्ष दाहालविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको मुद्दाको आज सुनुवाइ हुँदै

Sarbocha adalat

काठमाडौँ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

दाहालले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले अवहेलना मुद्दा दर्ता गराउनुभएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई दाहालले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा गरिएको छ ।

अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा दाहालले सो विपरीत गरेको र कानुनतः दण्डनीय रहेको जिकिर रिट निवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);