सर्वोच्चमा प्रचण्डको लिखित जवाफ 'अवहेलना मुद्धा खारेज गरी पाउँ' (पूर्ण पाठसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्वोच्चमा प्रचण्डको लिखित जवाफ ‘अवहेलना मुद्धा खारेज गरी पाउँ’ (पूर्ण पाठसहित)

काठमाडौं, १६ फागुन । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवहेलना मुद्दामा आफै पुगेर लिखित जवाफ पेश गरेका छन् ।

अदालतमा विचाराधीन मुद्धाका विषयमा गरेको टिप्पणीहरुलाई लिएर परेको अवहेलना मुद्धामा दाहालले आईतबार लिखित जवाफ पेश गरेका हुन् ।

दाहालले लिखित जवाफमा हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव भएको बताउँदै यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै भएको उल्लेख गरेका छन् । सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र नपरेको भन्दै अवहेलना मुद्धा नै खारेज गरी पाउँ भन्ने माग गरेका छन् ।

अधिवक्ता समिर हायुले उनी विरुद्ध अदालतमा विचाराधीन मुद्धाका विषयमा टिप्पणी गरेको भन्दै अवहेलनाको निवेदन दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);