अल्पमतमा परेको संवैधानिक परिषद्को विवादास्पद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

अल्पमतमा परेको संवैधानिक परिषद्को विवादास्पद बैठक बस्दै

काठमाडौं २० माघ । आफै अल्पमतमा परेको संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकमा बिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेपछि बहुमतका आधारमा बिभिन्न निकायमा नियुक्तिको निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध सर्बोच्च अदालतमा मुद्धा विचाराधिन छ । सबैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने ब्यवस्था छ भने सदस्यहरुमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता प्रतिनिधि सभाको उपसभामुख रहने व्यवस्था छ ।

मंगलबार साँझ ५ बजे डाकिएको सो बैठकमा बिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने स्रोतले बताइएको छ । संबैधानिक परिषद्का सदस्य रहने प्रतिनिधिसभाको उपसभामुख रिक्त छ । ६ सदस्य संबैधानिक परिषद्मा मंगलबारको बैठकमा ३ सदस्य मात्र उपस्थित हुने भएका छन् ।

कानूनी हिसाबमा यसलाई बहुमत मानिदैन । यस भन्दा अघि संबैधानिक परिषद्का निर्णय बहुमत अल्पमतका आधारमा हुने गरेका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश मार्फत कार्यविधि संशोधन गर्नुभएको थियो ।

तर मंगलबारको बैठकमा प्रधानमन्त्री आफैले संशोधन गरेको कार्यविधि विपरीत हुने भएको छ । ६ जनाको परिषद्मा तीनलाई बहुमत मान्न नसकिने र यसबारेमा कानूनी प्रश्न उठ्ने कानुनविद्हरु बताउँछ्न् ।

अधिवक्ता शान्तिराम खतिववडाका अनुसार यो कुनै हालतमा बहसमत मान्न सकिदैन । उहाँका अनुसार संबैधानिक परिषद्को ३ सदस्यलाई ५० प्रतिशत मात्र मान्ने र त्यो बहुमत नहुने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);