नेकपाको नेपाल–दाहाल पक्ष मंगलबार निर्वाचन आयोग पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेकपाको नेपाल–दाहाल पक्ष मंगलबार निर्वाचन आयोग पुगे

काठमाडौँ, २० माघ । नेकपाको माधवकुमार नेपाल–पुष्पकमल दाहाल पक्ष मंगलबार निर्वाचन आयोग पुगेको छ ।पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु आज निर्वाचन आयोग पुगेका हुन् ।

४ सय ४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ । यसअघि, सोमबार बसेको नेपाल–दाहाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ । निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);