न्यायाधीश जबराविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

न्यायाधीश जबराविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएन

sarbachha adalat

काठमाडौं, २९ फागुन । न्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको मानहानी गरेको भन्दै अधिवक्ता सन्तोष भण्डारीले उहाँविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर गर्न खोजे पनि अदालत प्रशासनले अस्वीकार गरेको छ । हिजो आफूसहित सात जना न्यायाधीशको वृहत इजलासमा बस्न अस्वीकार गर्दै न्यायाधीश चोलेन्द्रशमशेरले वक्तव्य जारी गरेका थिए ।

वक्तव्यमा उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको पद गत साउन २१ मै सकिएकाले उनी अब न्यायाधीश नरहेको र उनले तोकेको इजलासमा आफू नबस्ने उल्लेख गरेका थिए । अधिवक्ता भण्डारीले मंगलबार न्यायाधीश चोलेन्द्रशमशेरले इजलासमा बस्न अस्वीकार गरेर अदालतको मानहानी गरेको जिकिर गर्दै अवहेलना मुद्दा दायर गर्न खोजेका थिए । तर, अदालत प्रशासनले भने मुद्दा दर्ता गर्न अस्वीकार गर्दै ‘हेर्दा हेर्दैमा राखिदिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);