सरकारले गैरआवासीय नेपाली नागरिकताको प्रयोग गर्ने कुरामा गम्भिरतपूर्वक काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

सरकारले गैरआवासीय नेपाली नागरिकताको प्रयोग गर्ने कुरामा गम्भिरतपूर्वक काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपालीले लिएको नागरिकतालाई व्यवहारिक रुपमा प्रयोग ल्याउने विषयमा सरकारले काम गरिरहेको बताउनुभएको छ । संविधान र कानून बमोजिम उनीहरुले नागरिकता लिएपनि त्यसको प्रयोग हालसम्म पनि नभएकाले सरकारले त्यसको प्रयोगको विषयमा गम्भिरतापूर्वक काम गर्नुपरेको मन्त्री खनालको स्पष्टिकरण थियो । मंगलवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधानले सुनिश्चित गरेका गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार बाहेकको नागरिकता दिने काम सरकारले गरेको पनि स्पष्ट पार्नुभयो ।मन्त्री खनालले गैरआवासीय नेपाली नागरिकता प्रयोगमा ल्याउने कुरामा ढिलाई नभएको पनि स्वीकार गर्नुभयो ।

Leave a Reply