एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक अनियमितता र दुरुपयोग भइरहेको भन्ने गुनासोलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

नेपाल सरकारले एनआरएनलाई दिइने भनिएको नागरिकता र सम्पत्ति उपभोग गर्ने व्यवस्थालाई पनि आफूपछि आउने पुस्ताले संघर्ष गर्नुनपर्ने गरी काम गर्ने आचार्यको प्रतिबद्धता जनाए । विदेशी जेलमा रहेका नेपालीलाई स्वदेश ल्याउने र विदेशमा ज्यान गुमाएका शव नेपाल ल्याउने विषयमा संस्थागत रूपमा काम गर्ने भन्दै उनले नेपालको विकासमा आफू साझेदार भएर काम गर्ने बताए । 

विदेशमा सिकेको ज्ञान र सीपलाई मातृभूमिमा ल्याउनुपर्ने दायित्वलाई आफूले पूरा गर्ने बताएका उनले भूतपूर्व गोरखा सैनिकको समस्या समाधानमा पनि पहल गर्ने प्रतिबद्धता जनाए । कोभिडका कारण समस्यामा परेर नेपालमा फर्केहरूलाई लक्षित गरेर ‘एक एनआरएन एक रोजगार’ कार्यक्रम अविलम्ब कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);