प्रतिक्षाले जितिन् मिस नेपाल युएस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रतिक्षाले जितिन् मिस नेपाल युएस

काठमाडौं । १०औं संस्करणको ‘मिस नेपाल युएस–२०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् ।

अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि हासिल गरेकी हुन् । 

इप्लानेट प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा कला न्यौपाने फस्र्ट रनर अप र अलिशा लिम्बू सेकेन्ड रनर अप घोषित भए । 

अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगीहरू सहभागी भएको प्रतियोगिताको अन्तिम स्पर्धामा अपेक्षासिंह गुरुङ परियार, अलिशा लिम्बू, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ र सोन्याषा थापा थिए । 

इप्लानेट प्रालिसँगको सहकार्यमा अमित शाहले सन् २०११ देखि अमेरिकाको न्युओर्कमा मिस नेपाल युएस प्रतियोगिता सुरु गरेका हुन् । यसपालिको प्रतियोगिता सुरु हुनुअघि सबै प्रतियोगीको कोभिड परीक्षण गरिएको आयोजक संस्थाका प्रमुख सन्तोष सापकोटाले जनाएका छन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);