अस्कर अवार्डका लागि आवेदन खुल्यो, नेपाली फिल्म सहभागी गराउन आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अस्कर अवार्डका लागि आवेदन खुल्यो, नेपाली फिल्म सहभागी गराउन आह्वान

काठमाडौं । अन्तराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ९४औँ अस्कर अवार्डस्मा नेपाली फिल्म सहभागी गराउन निर्माता,निर्देशकलाई आह्वान गरेको छ ।चलचित्र विकास बोर्ड अन्तर्गतको समितिले सोमबार एक विबिज्ञप्ती जारी गरी सन् २०२२ को अस्कर अवार्डसमा सहभागी हुन आवेदन खुला गरेको हो । 

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले २२ मार्च २०२२ मा अमेरिकाको लस् एन्जेल्सस्थित डल्बी थिएटरमा द अस्कर अवार्डस् आयोजना गर्दैछ ।  प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मका निर्माता,निर्देशकले आफ्नो फिल्म १९ असोजदेखि २ कात्तिकभित्र अस्कर कमिटी नेपाललाई बुझाउनु पर्नेछ ।

अघिल्ला वर्षमा अस्करमा भाग लिन कुनै पनि फिल्म एक सातासम्म सिनेमा घरमा प्रदर्शन भएकै हुनुपर्ने नियम थियो । तर, विश्वव्यापी कोरोना महामारीका कारण अस्करले दुई वर्ष यता नियममा केही परिवर्तन गरेको छ । जसअनुसार अघिल्लो वर्षमा झै यसपाली पनि फिल्म प्रदर्शनको मिति तोकेर महामारीका कारण हलमा प्रदर्शन हुन नसकेका फिल्मले पनि अस्करमा प्रतिस्पर्धा गर्न पाउने छन् । 

यसका लागि सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म प्रदर्शन रोकिएको प्रमाणित पत्र बुझाउनु पर्ने प्रावधान राखिएको छ । अनलाइन प्लेटफर्म वा साइटमा प्रदर्शन भएका फिल्मले पनि अस्करमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);