Our Network

साउन १७ २०७८, आइतबार

विश्व फिल्म अवार्डमा मनोनित हुने फिल्मलाई पुरस्कार दिने सरकारको घोषणा

काठमाडौं । सरकारले विश्व फिल्म फेस्टिभल र अवार्डमा मनोनित हुने फिल्मलाई पुरस्कारको घोषणा गरेको छ । चलचित्र विकास बोर्डले कार्यविधि जारी गर्दै अस्करसहितका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट हुनेलाई पुरस्कार राशीको घोषणा गरेको हो ।

चलचित्र बोर्डको २१ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष दयाराम दाहालले कार्यविधि लागू गरेको जानकारी दिएका छन्। ती फेस्टिभल र अवार्डमा भाग लिन जाने फिल्ममेकरलाई बोर्डले भ्रमण खर्च लगायतमा सहजीकरण पनि गर्ने भएको छ ।

छोटो र फिचर फिल्मको रुपमा वर्गीकरण गर्दै बोर्डले फेस्टिभल र अवार्डमा मनोनयन भए सोहीअनुसार ग्रान्ट उपलब्ध गराइने घोषणा पनि भएको छ ।

कार्यविधिअनुसार अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित अथवा विजयी हुने फिचर फिल्मले ८ लाख र छोटो फिल्मले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। गोल्डेन ग्लोब्समा मनोनित हुने फिचरलाई २ लाख र छोटो फिल्मलाई १ लाख दिन घोषणा गरेको हो ।

Leave a Reply