‘सहायक श्रीमान्’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘सहायक श्रीमान्’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनोट भएको छ ।

युरोपको जर्मनीस्थित १८औं टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औं इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा को–हजबेन्ड छनोट भएको हो । दुवै देशमा १३–१७ अक्टोबरसम्म यो चलचित्र महोत्सव हुँदैछ । को–हजबेन्ड १५ अक्टोबरका दिन दुवै देशमा प्रदर्शन हुँदैछ । 

निर्देशक गणेश पाण्डेका अनुसार १ देखि सुरु भई २४ अक्टोबरसम्म अमेरिकाको वासिङ्टन राज्यस्थित शियाटल सञ्चालन हुने तस्बिर साउथ एसियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुँदैछ । ‘नेपालको डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुनु हाम्रो टिमका लागि मात्र होइन, नेपाल र नेपालीका लागि पनि गर्वको कुरा भन्ने लाग्छ,’ उनले भने ।

विश्वका विभिन्न देशमा छनोट भइरहेको ‘सहायक श्रीमान्’ गत वर्ष रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जितेको थियो । निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ नयाँ डकुमेन्ट्री फिल्म हो । 

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान्’ बहुपति प्रथामा आधारित छ । ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);