‘सहायक श्रीमान्’ ले स्लोभाकियामा जित्यो अनरेवल मेन्सन अवार्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘सहायक श्रीमान्’ ले स्लोभाकियामा जित्यो अनरेवल मेन्सन अवार्ड

काठमाडौं । बहुपति प्रथाको विषयमा आधारित वृत्तचित्र ‘सहायक श्रीमान (को–हजबेन्ड) ले स्लोभाकियाको पोपरोडमा आयोेजित २९औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस्मा अनरेवल मेन्सन अवार्ड जितेको छ ।

हुम्ला जिल्लामा बसोबास गर्ने लामा समुदायमा घरमा जति दाजुभाइ भए पनि एउटै श्रीमती बिहे गर्ने अनौठो चलनको विषयमा निर्माण गरिएको ३५ मिनेट लामो ‘सहायक श्रीमान्’ ले गत वर्ष रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘ग्रान्ड प्रिक्स अवार्ड’ र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो । ‘सहायक श्रीमान्’ २३ अक्टोबरमा अमेरिकाको सियाटलमा आयोजना हुन लागेको साउथ एसियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुने पाण्डेले बताए ।

०७२ को भूकम्पमा बाँचेकाहरूको बारेमा ‘भाग्यले बाँचेकाहरू’ नामक डकुमेन्ट्री निर्माण गरेर चर्चा कमाएका निर्देशक पाण्डेको सो डकुमेन्ट्रीले पनि अन्तर्राष्ट्रियस्तरमा विभिन्न डेढ दर्जन बढी अवार्ड जितेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);