टिनएजर्स लभस्टोरी ‘कृत काव्या’ बनाउँदै आकाश र उमा | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

टिनएजर्स लभस्टोरी ‘कृत काव्या’ बनाउँदै आकाश र उमा

काठमाडौं । निर्देशक आकाश अधिकारीले निर्माता उमा गिरी (बेबी) सँगको सहकार्यमा ‘कृत काव्या’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । अधिकारीले दसैंको अवसर पारेर फेसबुकमार्फत चलचित्रको थीम पोस्टरसमेत सार्वजनिक गरेका छुन् । पोस्टरमा आकाश-उमाको प्रस्तुति लेखिएको छ ।

यसअघि ‘इशारा’ र ‘कहीँ कतै’ नामक फिल्म निर्माण गरेकी उमा ‘कृत काव्या’ मा पनि निर्मात्री छिन् । अभिनेत्रीका रूपमा समेत रहेकी उमाले आफूले अभिनय गरेका अधिकांश चलचित्रमा लगानी गरेकी छिन् । यो चलचित्रमा पनि उनी महत्वपूर्ण भूमिकामा रहने बताइएको छ । 

निर्देशक आकाशले केही महिनाअघि उमालाई एउटा म्युजिक भिडियोमा अभिनय गराएका थिए । त्यतिबेलादेखि नै उनीहरूबीच चलचित्र निर्माण प्रक्रिया अघि बढेको बताइन्छ । 

निर्देशक अधिकारीले यो चलचित्रलाई टिनएजर्स लभस्टोरीका रूपमा व्याख्या गरेका छन् । उनी स्वयंको लेखन रहेको फिल्मका कलाकारको भने टुंगो लागेको छैन । 

नेपाली र हिन्दी भाषामा निर्माण गर्न लागिएको चलचित्रको केही दृश्य भारतको सिक्किममा हुनेछ । निर्मात्री उमा भारतीय भएकाले उनले निर्माण गर्ने सबै फिल्म सिक्किमतिर खिच्ने गरिएको छ । 

सिक्किम सरकारले पर्यटन तथा संस्कृतिको जगेर्ना भन्दै त्यहाँ छायांकन गर्ने चलचित्रलाई अनुदान रकम उपलब्ध गराउने गरेको छ । सोही कारण पनि उमाले आफ्नो चलचित्रका केही दृश्य तथा कलाकार सिक्किमतिरबाटै लिने गरेकी छिन् ।

निर्देशक अधिकारीले गत वर्ष सौगात मल्ललाई लिएर एउटा चलचित्र निर्माण गर्न लागेको घोषणा गरेका थिए । तर सो चलचित्रको छायांकन सुरु हुने कुनै तयारी नभएको बताइन्छ । 

‘कृत काव्या’ मा उमाका साथमा उनकी छोरी शिवानी गिरीले पनि अभिनय गर्ने जानकारी प्राप्त भएको छ । शिवानीले ‘कहीँ कतै’ फिल्मबाट फिल्ममा डेब्यु गरेकी हुन् । चलचित्रको छायांकन तिहारपछि थालिने निर्देशक अधिकारीले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);