फिल्म हेर्न पुगे सांसद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फिल्म हेर्न पुगे सांसद

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चलचित्र हल्काराले अहिलेको नेपालको पीडिदायी अवस्थालाई यथार्थतामा उतारेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक यात्रामा जाने नेपालीहरु र उनीहरुले भोग्ने पीडा साथै गाउँमा परिवारले पाएको दुःखलाई चलचित्रमा राम्रो ढंगबाट देखाइएको बताउनु भयो । उहाँले रोजगारीका लागि विदेश जानेहरुको संवेदनालाई चलचित्रमा उतारिएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जाँदा चुकाइरहेको पारिवारिक मूल्यको उजागर चलचित्रमा उतारिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जाँदा परिवारमा उत्पन्न समस्यालाई यथार्थमा उतारिएको बताउनु भयो । उहाँले आजको पुस्ताले हिजोको नेपाली समाजबारे जान्नका लागि यो चलचित्र हेर्नैपर्ने बताउनु भयो । उहाँले देशभित्र रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने र नसके वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको बताउनु भयो ।

चलचित्र हेरिसकेपछि बोल्दै नेकपा एमाले सांसद रघुजी पन्तले हल्कारको कथा पहाडको कथा भएको बताउनु भयो । उहाँले सिनेमामा वैदेशिक रोजगारीको बिडम्वना र त्यसबाट उत्पन्न सामाजिक र मानसिक समस्याहरु देखाइएको बताउनु भयो । गाउँबाट रोजगारीका लागि शहर पस्दा उत्पन्न हुने समस्या सिनेमामा उतारिएको बताउनु भयो ।

चलचित्र हेरिसकेपछि कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकक ज्ञानबहादुर शाहीले कथाले नेपाली वर्तमान वैदेशिक रोजगारीको समस्यालाई उजागर गरेको उल्लेख गर्नुभयो । उहाँले चलचित्रले समाजमा भइरहेको रोजगारीबाट उत्पन्न समस्यालाई देखाइएकाके बताउनु भयो । उहाँले बेरोजगारीको वास्तविकता चलचित्रमा उतारिएको बताउनु भयो ।

त्यस्तै कलाकार शारदा गिरीले आफूले यस चलचित्रमा फरक अभिनय गरेको बताउनु भयो । उहाँले चलचित्र अभिनयताका धेरै कठिनसाथ अभिनय गरेको बताउनु भयो ।

उहाँले चलचित्र अभिनय गर्दा धेरै दुःख र मेहनतका साथ काकम गरेको बताउनु भयो । महेश त्रिपाठी र विनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतिक र आकाश बरालले सह–लेखन गरेका छन् ।

यस चलचित्रमा महेश र विनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);