परिणिती-राघवले कहिले गर्दैछन् इन्गेजमेन्ट ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८०, सोमबार

परिणिती-राघवले कहिले गर्दैछन् इन्गेजमेन्ट ?

एजेन्सी, २७ वैशाख । पञ्जाबका राज्यसभा सांसद तथा आम आदमी पार्टी (आप)की नेताले छिट्टै विवाह गर्ने भएका छन् । अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्ढाले मे १३ मा इन्गेजमेन्ट गर्ने भएका छन् । केही समयअघि दुवै एकअर्कालाई डेट गर्दै देखिएका थिए, त्यसपछि उनीहरुको विवाहको चर्चा सुरु भएको थियो ।

उनीहरुको इन्गेजमेन्ट दिल्लीमा हुने चर्चा छ । जसको तयारी पनि सुरु भएको छ । परिणिती चोपडा यसका लागि मुम्बईबाट दिल्ली पुगिसकेकी छिन् । अहिले दुवैले विवाह कहिले गर्ने भन्ने टुंगो लागेको छैन । पञ्जाबमा आम आदमी पार्टीको सरकार बनेपछि सीएम भगवन्त मान, शिक्षामन्त्री हरजोत बैंस, विधायक नरिंदर कौरले विवाह गरेका थिए ।

हालै यो जोडी डिनर डेटमा देखिएका थिए । दुवैजना रेस्टुरेन्टबाट बाहिर निस्किएका थिए । परिणिती कालो पहिरनमा देखिएकी थिइन् भने राघव कालो प्यान्ट र क्याजुअल शर्टमा देखिएका थिए । त्यसपछि यी दुईबीच गोप्य विवाहको हल्ला चल्न थाल्यो । तर अभिनेत्री परिणिती चोपडाले यसलाई अस्वीकार गरिन् । अहिले दुवैको इन्गेजमेन्टको चर्चा सुरु भएको छ । त्यसपछि दुवै एकअर्कासँग कहिले लण्डन त कहिले मुम्बईमा देखिए ।

राघव चड्डा आम आदमी पार्टीमा परिचित नाम हो । परिणीति चोपडाले बलिउडमा धेरै हिट फिल्म दिएकी छिन् । उनी हाल इम्तियाज अलीको निर्देशनमा बनेको ‘चमकिला’ मा दिलजीत दोसांझसँग स्क्रिन सेयर गरिरहेकी छिन् । यो फिल्म पञ्जाबी गायक अमर सिंह चमकिलाबाट प्रेरित भएको र यसको रिलिजलाई लिएर विवाद भएको बताइएको छ । यो विवाद रिहाइ रोक्न अदालतसम्म पुगेको छ ।

Leave a Reply