बिहेको चर्चा चलिरहेको जोडी परिणिती र राघवसँगै देखिएपछि... | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

बिहेको चर्चा चलिरहेको जोडी परिणिती र राघवसँगै देखिएपछि…

एजेन्सी, १९ चैत्र । बलिउडको चर्चित जोडी अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका नेता राघव चड्डा फेरि एकपटक सँगै देखिएका छन् । विवाहको खबरका बीचमा परिणिती लगातार राघवसँग देखिदै आएकी छिन् ।

राघव ओलिभ शर्ट लगाएर एकदमै सुन्दर लुकमा थिए भने परिणीतिले कालो कोटको साथ डेनिम जिन्स लगाएकी थिइन्। चाँडै परिणिती र राघवको रोका सेरेमनी हुन सक्ने बताइएको छ । परिणितीले क्यामेराको अगाडि पोज दिनदेखि टाढै रहेकी थिइन् भने राघव चड्डा पनि लुकेर बाहिर निस्किएका थिए ।

केही दिनयता सामाजिक सञ्जालमा परिणीति र राघव चड्डाको विवाहको खबर भाइरल भइरहेको छ । तर, यो जोडीले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् । यसअघि पनि दुवैलाई लंच वा एयरपोर्टमा सँगै देखिएका छन् । गायक हार्डी सन्धु र आम आदमी पार्टीका सांसद सञ्जीव अरोराले परिणिती र राघवलाई बधाई दिएका छन् ।

Leave a Reply