परिणीति र राघवले किन गरे हनिमुन रद्द | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

परिणीति र राघवले किन गरे हनिमुन रद्द

एजेन्सी, ११ असोज । बलिउड अभिनेत्री परिणीति चोपडा र राजनीतिज्ञ राघव चड्डाले सेप्टेम्बर २४ मा राजस्थानको उदयपुर सहरमा विवाह गरेका थिए । अहिले यो जोडी सुखी दाम्पत्य जीवन बिताइरहेको छ ।

यतिबेला नायिका राघवको घरमा छिन् । जहाँ उनी आफ्नो नयाँ परिवार (चड्डा) सँग रमाइलो गरिरहेकी छिन् । विवाहपछि यो जोडीले शनिबार अर्थात सेप्टेम्बर ३० तारिखमा भव्य रिसेप्शन राख्दैछ । यसैबीच, यो जोडीको हनिमुनको बारेमा अपडेट आएको छ।

परिणीति चोपडा र राघव चड्डाले आफ्नो हनिमुन योजना तत्कालका लागि रद्द गरेका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार परिणीति र राघवले केही समयका लागि हनिमुन स्थगित गरेका छन् । अब हनिमुन यात्रामा जानु हुन्न । परिणिती आफ्नो नयाँ परिवारसँग केही दिन समय बिताउन चाहन्छिन् र छिट्टै काममा फर्किने बताइएको छ । त्यसैले राघव पनि आफ्नो काममा निकै व्यस्त छन् । मंसिरमा सुरु हुने हिउँदे अधिवेशनमा संसदमा धेरै काम हुने गरेको छ । यस्तो अवस्थामा यो जोडीले आफ्नो हनिमुनलाई अगाडि सारेका छन् ।

नायिका चाँडै अक्षय कुमारसँग फिल्म मिशन रानीगंजमा देखिनेछिन् । हालै यसको ट्रेलर सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै रुचाइरहेका छन् । रिसेप्शनपछि नायिका आफ्नो काममा फर्किन लागेकी हुन् । उनी अक्षय कुमारसँग फिल्मको प्रमोशनमा पनि संलग्न हुनेछिन् ।

परिणिती चोपडा र राघव चड्डाको विवाहमा कुनै पनि फिल्म स्टार आएनन् । यो विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान, आदित्य ठाकरे, हरभजन सिंह र सानिया मिर्जा पनि सहभागी थिए । अब यो जोडीले अर्को महिनाको ४ तारिखमा मुम्बईमा रिसेप्शन पार्टी आयोजना गर्ने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);