भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ ।  दुबईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला ५४ वर्षीया श्रीदेवीको हृदयघातका कारण निधन भएको हो ।

shree devi

काठमाडौं, १३ फागुन । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ ।  दुबईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला ५४ वर्षीया श्रीदेवीको हृदयघातका कारण निधन भएको हो ।

श्रीदेवीको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन् । पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ । सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवीले चार वर्षको उमेरमा बालकलाकारको रूपमा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन् ।

श्रीदेवीले दक्षिण भारतीय चलचित्रहरू हुँदै सन् १९७९ मा सोलहवा साल चलचित्रबाट मुख्य कलाकारका रूपमा बलिवुडमा पाइला राखेकी थिइन् । बलिउडमा सन् १९८० को दशकलाई श्रीदेवीको दशकको रूपमा लिने गरिन्छ । उनलाई लेडी अमिताभ बच्चन पनि भन्ने गरिन्थ्यो । सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिइनन् । सन् २०१२ मा उनले इंग्लिशविंग्लिश नामक चलचित्रमा अभिनय गरिन् । उक्त चलचित्र व्यावसायिक रूपमा निकै सफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);