श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्येष्टि

मुम्बई, १७ फागुन । गत शनिबार निधन भएकी चर्चित अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको मुम्बईस्थित बिले पार्ले सेवा समाजको श्मशान गृहमा अन्तिम संस्कार गरिएको हो । उनलाई पति बोनी कपुरले मुखाग्नि दिएका थिए । यसअघि श्रीदेवीको पार्थिव शरीरलाई लोखण्डवालास्थित सेलिब्रेसन क्लबमा अन्तिम दर्शनका लागि राखिएको थियो ।

अन्त्येष्टिपूर्व निकालिएको शवयात्रामा हजारौं प्रशंसक सहभागी भएका थिए । शवयात्राका कारण मुम्बईको ट्राफिक व्यवस्था लामो समय अस्तव्यस्त भएको थियो भने ५ किलोमिटर दूरीको अन्त्येष्टि स्थलसम्म पुग्न झन्डै दुई घण्टा लागेको थियो । जसमा सिनेमादेखि राजनीतिक हस्तीहरूसमेत पुगेका थिए ।

भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन दुबई पुगेकी श्रीदेवीको गत शनिबार ‘बाथ टब’ मा डुबेर निधन भएको थियो । मंगलबार मात्र उनको शव भारत ल्याइएको थियो । सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गरेकी छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);