'माउन्टेन मेगा होली २०७४' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘माउन्टेन मेगा होली २०७४’

काठमाडौं, १७ फागुन । माउन्टेन टेलिभिजनले आज होलीको प्रत्यक्ष प्रशारण गर्ने छ । रङ्गहरूको महान् पर्व फागु पूर्णिमा (होली) को सुखद् अवसरमा माउण्टेन टेलिभिजनले होली २०७४ प्रत्यक्ष प्रशारण कार्यक्रम आयोजना गरेको हो ।

ललितपुरको जावलाखेल डबलीमा हुने ‘होली विषेश’ कार्यक्रममा चर्चित कलाकारहरुले आफ्नो कला प्रस्तुत् गर्ने छन् । जसमा चर्चित एक्स ब्यान्ड गन्तब्य ब्यान्डका साथमा सरोज नापित, डिजे सोनाम, धिरज राई, प्राश्ना शाक्यले आफ्नो दमदार कला देखाउने छन्।

कार्यक्रम विहान ११ बजे देखि ४ बजेसम्म जारी रहने छ । यो कार्यक्रम माउन्टेन टेलिभिजन, भक्ति दर्शन र विजनेस प्लसले प्रत्यक्ष प्रसारण गर्ने छन् । साथै फेसबुकइमाउन्टेनटिभी.कम मार्फत पनि हेर्न सकिन्छ ।

कार्यक्रममा सहभागि भई भरपुर मनोरन्जन लिनका लागि माउन्टेन टेलिभिजनले सर्वसाधारणलाई अनुरोध गरेको छ । यस कार्यक्रम हेर्नका लागि कुनै पनि शुल्क तिर्नु पर्ने छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);