माउण्टेन टेलिभिजन एचडीको होली विशेष कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माउण्टेन टेलिभिजन एचडीको होली विशेष कार्यक्रम

काठमाडौं । रंगहरुको पर्व होलीको विशेष अवसरमा माउण्टेन टेलिभिजन एचडीले बिहीबार होली विशेष कार्यक्रमको आयोजना गरेको छ ।

अघिल्ला दुई वर्षमा कोरोना महामारिको जोखिमका कारण स्थगित गरिएको माउन्टेन होली विशेष कार्यक्रमलाई यो वर्षदेखि पुनः निरन्तरता दिन लागिएको हो । ललितपुरको जावलाखेलस्थित डवलीमा होली विशेष कार्यक्रम आयोजना गरिएको माउण्टेन टेलिभिजन एचडीले जनाएको छ ।

उक्त कार्यक्रममा विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहने टेलिभिजनले जनाएको छ । कार्यक्रम बिहिबार बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । होली विशेष कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । सो कार्यक्रमलाई माउन्टेन टेलिभिजन र माउन्टेन टेलिभिजनको युट्युव तथा फेसबुक पेजबाटसमेत प्रत्यक्ष प्रसारण गरिने छ ।

आपसमा खुसी साटासाट गर्दै मनाइने होली पर्वको बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व रहेको छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिईन्छ । होली पर्वलाई असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता रहदैं आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);