मिखाइल गोर्बाचेभको अन्तेष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मिखाइल गोर्बाचेभको अन्तेष्टि

मस्को । सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि सम्पन्न भएको छ । उनको राजकीय सम्मानबिना नै शनिबार अन्तेष्टि गरिएको हो । अन्तेष्टि समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएनन् । उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारहरूद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए ।

सोभियत संघ विघटन गरेकाले अधिकांश रुसीले गोर्बाचेभलाई मन पराउँदैनथे । पश्चिमा देशहरुका लागि भने गोर्बाचेभ सदा नायक सावित भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);