काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेपाली सेना लगायत सुरक्षा निकायको आलोचना गर्नुभएको छ । काठमाडौं आयोजित एक कार्यक्रममा उहाँले परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्ने सुरक्षा निकायले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको टीप्पणी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनमा भएका घटनाहरुको स्मरण गर्नुहुँदै त्यस अवधिमा देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउनुभएको हो । जेन–जी आन्दोलनमा सुरक्षा निकायहरुले सिंहदरबार, सर्वोच्च अदालत र सेनाको परमाधिपति बस्ने स्थानसमेत सुरक्षित राख्न नसकेको बताउनु भयो ।
त्यही सुरक्षामाथि निर्भर भएर देश अगाडि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । उहाँले जेन–जी आन्दोलन पनि सुरुआत गर्ने समूहको नियन्त्रणबाट बाहिर गएको बताउनु भयो । आन्दोलन सुरु गर्ने युवाहरूले नै आन्दोलन आफ्नो नियन्त्रणमा नरहेको स्वीकार गरेको उहाँको भनाई छ ।उहाँले वर्तमान स्थितिमा नेपालमा कम्युनिष्टहरु एकतावद्ध हुन आवश्यक रहेको पनि बताउनुभयो । राष्ट्र संकटमा रहेको उल्लेख गर्दै उहाँले राष्ट्रियता जोगाउन कम्युनिष्ट एकता अपरिहार्य रहेको दाबी गर्नुभयो ।





