भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटना निष्पक्ष छानविन गरी कारबाही होस्ः देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटना निष्पक्ष छानविन गरी कारबाही होस्ः देउवा

 काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटनाहरुको सत्य तथ्य छानविन गर्न माग गर्नुभएको छ ।मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गर्नेमाथि छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

काँग्रेसको केन्द्रिय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिव १ सय २५ जना नेताहरुको निजी घर र डेरामा आक्रमण तथा लुटपाट रआगजनी गरेकोप्रति भत्र्सना गर्नुभयो । सभापति देउवाले नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोईराला निवास, काठमाण्डौ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले आफू मर्माहत भएको बताउनु भयो ।

Leave a Reply