नेताको घरमा भेटिएको नगद रकमबारे छानविन शुरु भइसक्यो : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

नेताको घरमा भेटिएको नगद रकमबारे छानविन शुरु भइसक्यो : प्रधानमन्त्री

काठमाडाैं । सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानविन शुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

गत भदौ २३  २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका काँग्रेस सभापति शेरबहादुर देउवालगायतका शिर्ष नेताहरुको घरमा नगद रकम जलेको भेटिएको थियो ।

प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पार्नुभयो ।

उहाँले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा परेको संरचना पुर्ननिर्माणको कार्य समेत अघि बढिसकेको उल्लेख गर्नुभयो।

Leave a Reply

ताजा समाचार