भ्रष्टीकृत राजनीतिक दलहरूलाई टाउको उठाउन दिनु हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

भ्रष्टीकृत राजनीतिक दलहरूलाई टाउको उठाउन दिनु हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गर्नुभएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

अब नयाँ र वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्ने उहाँको धारणा छ । उहाँले जेन-जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवापुस्ताप्रति प्रतिवद्ध हुनुपर्ने पनि बताउनुभयो । उहाँले अहिले सरकार राजनीतिक दलहरुसँग ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी पनि दिनुभयो ।

उहाँले जेन-जी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भीर त्रुटी भएको समेत बताउनुभयो । उहाँले सुरक्षा निकायले युवाहरुमाथि बल प्रयोग गरेको तथा मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगजनी हुँदा समेत तमासे भएर बसेको आरोप लगाउनुभयो ।

मुलुकको शासकीय सुधार गर्दै दिगो विकासको बाटोमा लैजान युवाहरु संस्थागत भएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

Leave a Reply